घुयँत्रो- ‘बा’ उठेपछि मुख्यमन्त्रीहरूको निद्रा हराम !
जेनजी आन्दोलनदेखि सुतेका केपीबा ८ मैना पछि बल्ल उठेछन् कि क्या ?! जताततै सबै प्रदेशतिर कतै सरकार ढाल्ने, कतै जोडने, कतै राजीनामा दिने, कतै अविश्वास प्रस्ताव ल्याएर भएनि अब एमाल्या सरकार बनाउने भनेर हिजाट छ्याप्छ्यािप्ती सम्चार आउन थाल्या’छ ।
यो देख्दा अब बाले सत्ताको साङ्लो अरुका हाताँ देलान जस्तो छैन । कतै पुरानो गठबन्धन भत्काएर त कतै नयाँ गठवन्धन गरेर भएनि सातै प्रदेशाँ एमाल्या सरकार बनाउने दाउमा वलीबा कस्सिया जस्तो छ ।
पाटीभित्र चल्या नेतृत्वको खिचातानी याँनि बाले केपी जिउँदो रहँदासम्म केपी वलीलाई निकाल्ने र अरुले पाटी अध्यक्ष हुने सपना नदेखे हुन्छ भनेर केन्द्रीय कमिटिया बैठकाँ पोखरेल, पौडेल र गुरुङको सातो खाएछि हिजो पाटी अफिसाँ बसेर यो सरकार र यसले गठन गर्या सम्पति छानविन आयोगलाई पूरै डोज पुग्ने गरी देछि आयोग नि पूर्व प्रधानमन्त्री, न्यायाधीशहरु र सेनाका विरुद्ध छानबिन गरिने भनेर वक्तब्यै जारी गर्न बाध्य भो ।
चौविसै घण्टा थुतुनो चलाएर र उखान टुक्काको भराँ बाँच्ने मान्छे ८ मैनासम्म मुख थुनेर बस्दा कस्तो भए होला बिचरा १ बाका कुरा सुन्दा त ह्वाँकै कृपाले प्रदेशाँ अरु दलका नेताले ८ मैना बढी मुख्यमन्त्रीको पदाँ अयस गर्न पा जस्तो बुझियो क्यारे बाका कुराले त १
हाम्रो प्रदेशाँनि बजेट भाषणपछि गठवन्धन फेर्ने कुरा गर्दै हुनुहुन्थ्यो मुख्यमन्त्री ज्यू । अब बाले नै ईशारा गरेछि सम्भव त एमाले र माओवादीबीच गठवन्धन भएर मुख्यमन्त्री चाईँ ऐलेकै कँडेलजी नै रहने निश्चितै जस्तो देखिन्छ ।
केन्द्रमा एमाले माओवादी ढिलो चाँडो एकीकरण हुने कुरा चलिरा हुनाले नि सातै प्रदेशाँ वामपन्थीहरुकै नेतृत्वमा सरकार गठन गर्ने र मुख्यमन्त्री एमाले नै हुने सहमतिपछि बाले प्रदेश सरकारबारे मुख खोल्यानी हुनसक्छ ।
आउने स्थानीय निर्वाचनसम्म सरकार चलाएर कार्यकर्तालाई अलिअलि मिठो मसिनो पुर्याउन सक्न पाएनि चुनाबा बहुमत ल्याउन सकिन्थ्यो कि भन्ने दाउमा बा लाग्या छन् ।
तर क्यार्नु “आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” भन्या झैँ बा आफ्नो पाटी बनाउन तिर लाग्ने तर कार्कर्ता जति दिनहुँ भट्टाभट एमाले छोड्या वक्तब्य निकाल्दै रास्वपाँ गएर रास्वपाको धारण गर्या पदवापत बधाई र शुभकामना खाका फोटो हाल्या हाल्यै छन् ।

त्यसैले वलीबाको प्रदेशाँ आफ्नो सरकार बनाउँछु र पाटीलाई बैतरणि पार गराउँछु भन्ने खेलो पनि सप्रेला जस्तो छैन । बाटाघाटा, सडक, गल्ली, चिया चौतारा, मेलापात जताततै खाली रास्वपाकै कुरा गर्छन । रास्वपापाले वा प्रधानमन्त्रीले गर्या कुराको केही खोट देखाउन खोज्यो आँखै घोच्ने गरि आंँला कोच्न खोज्छन । अनि केको पुराना दलले आश गर्नु !
८ मैना बितिसक्दानि नेताहरु सुध्रिनुको सु समेत उच्चारण गर्न सक्दैनन अनि यिन्लाई जनताले काँट भोट हाल्छन र यिनरु माथि उठछन के १ जतिजति यिनरु बालेन सरकारलाई असहयोग गर्छन त्यतित्यति पुराना दलको बेहाल हुँदै जाने निश्चित छ ।
त्यसैले मतदाताको नजरमा राम्रो बन्ने बिचार छ भने पुराना दलहरुनि यो सरकारका काम कार्वाहिमा सहयोगी र सहयात्रि बन्दै जानुपर्छ हैन भने फागुन २१ को आम चुनावमा जसरी धुलोपिठो वनियो त्यस्तै धुलोपिठो पुराना दललाई स्थानीय र प्रदेश चुनावमा बनाउने छन् । यसकारण पनि पुराना ३ दलले फुकेर पाईला टेक्नु पर्नेछ । के साँच्चै पुराना दलहरु त्यसरी हिँडन सक्लान त ? जयहोस ।




प्रतिक्रिया राख्नुहोस्