सम्पर्कविहीन नेपाली विद्यार्थी अधिकारी नाकानो क्षेत्रमा भेटिए
शुक्रबार साँझदेखि वेपत्ता नेपाली विद्यार्थी अमन अधिकारी सम्पर्कमा आएको परिवारले जानकारी दिएको छ । शुक्रबार साँझ विद्यालय छुटेपछि वेपत्ता अधिकारी नाकानो क्षेत्रमा सकुशल फेला परेका हुन् ।
टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत अधिकारी शुक्रबार साँझदेखि सम्पर्कविहीन हुनुभएको थियो । विद्यालय छुटेपछि बाहिरिए पनि अधिकारी घर नपुगेपछि खोजी सुरु भएको थियो ।
अधिकारी सकुशल फेला परेको जानकारी प्राप्त भएपछि एनआरएनए जापानले खोजी कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संचारमाध्यम तथा जापानबासी नेपाली समुदायलगायत सम्पूर्णमा आभार व्यक्त गरेको छ ।
समुदायको एकता, चासो र सहयोगले कठिन परिस्थितिमा सकारात्मक परिणाम प्राप्त गर्न ठूलो भूमिका खेलेको जनाउँदै एनआरएनएले अधिकारीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
अधिकारीलाई लिन उहाँकी आमा नाकानो गएको र त्यहाँबाट फकेपछि घटनाको विस्तृत विवरण थाहा हुने टोकियोस्थित हाम्रा सहयोगी दीपक पौडेलले जानकारी दिनुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्