जापान
कास्की पोखरा समाज जापानले वृहद जमघट गराउँदै
जापानमा बसोबास गर्ने कास्की जिल्लाका नेपालीहरुको साझा संस्था कास्की पोखरा समाजले आउँदो जुन ७ तारिख आइतबार जापानबासी नेपालीहरुलाई जमघट गराउने भएको छ ।
परदेशमा बसेर नेपालीपन, माया र सम्बन्धलाई अझ नजिक बनाउने एउटा सुन्दर अवसर मानिएको बिबिब्यू समर पार्टीमा उपस्थित हुन समाजले सम्पूर्ण नेपालीलाई आव्हान गरेको छ ।
समाजले यो कार्यक्रमलाई व्यस्त जीवन, कामको थकान र परदेशको एक्लोपनलाई केही समय बिर्सेर आफ्नै मान्छेहरूसंग रमाइलो गर्ने, हाँसो साट्ने, माया बाँड्ने र सम्बन्ध अझ बलियो बनाउने प्रयासका रुपमा लिएकोा जनाएको छ ।
समाजका अध्यक्ष कमल बास्तोलाका अनुसार जुन ७, २०२६ आइतबार विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साकुरात्सुमी पार्कमा आयोजना हुने कार्यक्रमका लागि युगल जोडी, महिला पुरुष र विद्यार्थी गरी अलगअलग टिकटदर राखिएको छ ।




प्रतिक्रिया राख्नुहोस्