स्वास्थ्य

२४ घण्टामा पाँच हजार ४२ संक्रमित, ६८ जनाको मृत्यु

कुल संक्रमितमध्ये १.६ प्रतिशतको मृत्यु ३९ प्रतिशत महिला, ८३ प्रतिशत निको भएका

नेपालमा विगत २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ८ हजार २ सय ४३ जना संक्रमणमुक्त र ६८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालका अनुसार कुल १६ हजार ८ य १४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो । तीमध्ये ५ हजार ३ सय ४३ एन्टिजन परीक्षण हो जसबाट १ हजार ५ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



नेपालमा पीसीआर परीक्षणबाट कुल संक्रमित सङ्ख्या पाँच लाख ८५ हजारभन्दा बढी पुगेको छ । कुल संक्रमितमध्ये ३९ प्रतिशत महिला छन् भने ८३ प्रतिशत निको भएका छन् ।

त्यस्तै १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म ७ हजार ७ सय ९९ जनाको मृत्यु भइसकेको छ भने । नेपालमा सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ पुगेको छ । क्वारेन्टाइनमा ७ सय ३० जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button