जन सरोकार

बालिकालाई यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।



घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुव्र्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुव्र्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button