जन सरोकार

हिमानी ट्रष्टद्वारा धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हिमानी ट्रष्ट काठमाडौंले धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका सदस्य तेजबहादुर सिंह र तपराज जोशीले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

ट्रष्टले एक सय पिपिई, दुई हजार ५०० सर्जिकल मास्क, दुई हजार ५०० थान ग्लोब्स, रु एक लाख बराबरको साबुन तथा रु एक लाख बराबरको पानी हस्तान्रण गरेको बताइएको छ ।

नगरप्रमुख वडले ट्रष्टले आपत्कालिक अवस्थामा सहयोग गरिएको प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा प्रयोग गरिने बताउनुभयो ।

यसअघि ट्रस्टले गत वैशाखमा सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । त्यतिबेला ४ सय पिपिई, ४ सय माक्स, ४ सय सेनिटाइजरसहित अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.