राजनीति

कोरोना नियन्त्रणमा १० अर्ब खर्च : हिसाब माग्ने गगनलाई अर्थमन्त्रको जवाफ यस्तो

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि अहिलेसम्म खर्च गरेको झण्डै १० अर्ब रुपैयाँमा अपचलन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रश्न उठाएपछि अर्थमन्त्री डा. युवराज खतिवाडाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले सार्वजनिक गर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि टिप्पणी गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका सांसद थापाले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको १० अर्ब कहाँ खर्च गरेको हिसाब चाहिने बताउँदै ५ वटा पिसीआर मेसिन किन्ने, २५ हजार किट किनेर १० अर्ब खर्च भएको भन्ने भन्दै प्रश्न गर्नुभएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले जवाफ दिँदै कोरोना रोकथाम तथा नियन्त्रणमा भएको एक एक खर्च सरकारले सार्वजनिक गर्ने बताउँदै भन्नुभयो- सरकारले कोरोनामा भएको खर्च सार्वजनिक गर्छ । सरकार पारदर्शी भएर काम गरिरहेको छ । सरकार जवाफदेही छ ।

त्यसो त सांसद थापाले कोरोना रोकथाममा सरकार असफल भएको र अब कांगेसले सरकारलाई जवाफदेही बनाउन दवाव दिने बताउँदै थापाले अब कांग्रेसले सरकारलाई सहयोग गरेर मात्रै नबस्ने बरु प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने बताए। जसरी पनि सरकारलाई कांग्रेसले जवाफदेही उनको भनाई थियो ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना रोकथाम नभएको आरोप लगाएका छन्। सरकारले कसैको सुझाव नसुन्दा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको थापाको तर्क छ।

सरकारले अदालत, प्रेस तथा विज्ञ कसैका कुरा नसुनेर अहंकार देखाएको छ । क्वारेन्टाइनमा मानिसहरु मरिरहेका छन् । क्वारेन्टाइनलाई मानिस मार्ने कन्सेन्ट्रेसन क्याम्पको संज्ञा दिंदै आरडीटी परीक्षणको काम नभएको भन्ने सल्लाह नमानेर सरकारले आरडीटी जवरजस्ती गरिरहेको छ । आफ्ना गल्ती लुकाउन कर्मचारीको अनियमित सरुवा गरिएको छ ।

सम्बन्धित खबर

Back to top button