अर्थ
१० हजार एक सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु १० हजार एक सयले घटेको छ ।
मंगलबार प्रतितोला रु तीन लाख एक हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ८०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १८५ ले घटेको छ । मंगलबार प्रतितोला रु चार हजार ९२५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ७४० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्