अर्थबिशेष

नेपाली जडीबुटीबाट बन्यो क्यान्सरको औषधि बनाउने कच्चापदार्थ (भिडियोसहित)

औषधि उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने प्रचूर सम्भावना रहेको छ । सरकारले केही सहुलियत र स्वदेशमै उत्पादन हुने औषधिको आयात बन्द गरे यो क्षेत्रले ठूलो आर्थिक टेवा दिनेछ ।

त्यस्तै यहाँ रहेका बहुमूल्य जडिबुटीको सदुपयोग गर्नसक्ने अत्यन्त जटिल रोगका औषधि समेत बनाउन सकिन्छ भन्ने तथ्य पुष्टि भैसकेको छ ।

यसबीचमा चितवनमा नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरु भएको छ । उत्पादन भएको कच्चापदार्थ भारत निर्यात समेत गर्न थालिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको हो ।

उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुआत गरिएको हो । उहाँले स्वदेशी उद्यमीको संयुक्त लगानीमा रु एक अर्ब ३० करोडका उद्योग सञ्चालनमा आएको जानकारी दिनुभयो ।

सम्बन्धित सरकारी निकायले आवश्यक सहजिकरण गर्ने हो भने नेपाल औषधि र औषधिका कच्चापदार्थ निर्यात गर्ने मुलुकमा स्थापित हुने देखिन्छ ।

अहिलेसम्म जडिबुटी निर्यात गरी त्यही जडिबुटीबाट बनेका सामग्री आयात गरिरहेको मुलुकका लागि क्यान्सरको औषधि बनाउने कच्चापदार्थ उत्पादन र निर्यातले अन्य उद्यमी–व्यवसायीलाई पनि प्रोत्साहित गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.