प्रबास

नेपाली साहित्य विकास परिषद बेलायतको रजत उत्सव भर्चुअल हुने

बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा भर्चुअल रुपमा रजत वार्षिकोत्सव मनाउने भएको छ । बेलायतका लागि नेपाली राजदूत तथाा वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदीबाट उद्घाटन गरिने रजत उत्सव समारोह जुलाई महिनाको १२ र १३ दुई दिनसम्म मनाइने भएको छ ।

कोरोना महामारीले सृजना गरेको अनपेक्षित परिस्थितिमा स्थलगत समारोह गर्न सम्भव नभएकोले प्रविधिको प्रयोग गरेर भर्चुअल कार्यक्रम गरिन लागेको परिषदको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समारोहमा साहित्य बिचार गोष्ठी, कवि गोष्ठी, संवोधन, पुरस्कार सम्मान घोषणा, परिषदको नियमित वार्षिक साहित्यिक पत्रिका लालीगुराँसको विशेष रजत स्मारिका र परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको मौलिक कृति फूलको मुस्कान गीतसङ्ग्रहको विमोचन र गीतसङ्गीत प्रस्तुति आदि कार्यक्रमहरू रहेका छन् ।

अनलाइन प्रविधि जूममा गरिने रजत वार्षिकोत्सव कार्यक्रममा नेपालबाट पनि विशिष्ट साहित्यकारहरूको सहभागिता रहने छ भने बेलायत बाहिरका बिभिन्न देशहरूबाट कवि साहित्यकारहरूको सहभागिता प्रतिनिधि र प्रवेक्षकका रूपमा रहने छन् ।

त्यसै गरी समारोहमा रचना कविता वाचन गर्न चाहाने सर्जकहरूले आगामी ५ जुलाई २०२० भित्र परिषद्को सम्पर्क Email : komal.malla1@ gmail.com वा komal malla messnege id मा वाचन गर्ने कविताको एक प्रति पठाइ नाम दर्ता गराउनु पर्नेछ ।

चना वाचनमा सहभागी कवि कवयित्रीहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिने र वाचित कविताहरू परिषद्को साहित्यिक पत्रिका लालीगुराँसको आगामी अङ्कमा प्रकाशित गरिने व्यहोरा समेत विज्ञप्तिमा जनाइएको छ ।

सन् १९९५ (विसं २०५१) १३ जुलाईमा लण्डनमा स्थापना गरिएको नेपाली सहित्य विकास परिषद् यूकेले आगामी १३ जुलाईका दिन २५ वर्ष पुरा गर्दैछ र सन् २०१४ (विसं २०७४)बाट परिषद्ले नेपालमा पनि शाखा खोलेर कार्यक्रमहरू नियमितरूपमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.