जन सरोकार

निरन्तर गरीब, दुःखी र असहायको सेवामा सक्रिय महेशजंग

दुई दशकदेखि निरन्तर सामाजिक कार्यमा सक्रिय महेशजंग कुँवर यतिबेला कोरोना भाइरस संक्रमणका कारण आपतमा परेकाहरुका लागि खाद्यान्न तथा आवश्यक अन्य सामग्री वितरणमा सक्रिय छन् । राष्ट्रिय नागरिक विकास समाजका केन्द्रीय अध्यक्ष कुँवरको सक्रियतामा उपत्यकाका विभिन्न स्थानहरुमा राहहत सामग्री वितरण हुँदै आइरहेको छ ।

जारी लकडाउनका कारण काम तथा मजदुरी गर्न नपाएर छाक टार्न मुस्किलमाा परेका परिवारहरुलाई लकडाउन सुरुवातदेखि नै राहत वितरण मार्फत सेवा दिदै आइरहेका कुँवरले बिहिबार विहान मात्रै काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा रहेको बालआश्रमा रहेका बालबालिकालाई माक्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरे ।

बुधवार बालाजु आसपासमा रहेका विपन्न परिवारलाई कुँवरको सक्रियत र समाजसेवी कविता केसीको संयोजकमा काठमाडौको म्हैपी मन्दिरमा चामल, दाल, आलु, नुन, तेल, साग जस्ता खाद्यान्न सामग्रीहरु राहत वितरण गरियो । सो कार्यमा छोरीका लागि छोरी अभियानकी संयोजक शोभा थापा, सामाजिक अभियन्ता ओम श्रेष्ठ तथा पत्रकार दिपक घिमिरे लगायतको सहभागिता रहेके थियो ।

राष्ट्रिय नागरिक विकास समाजले देशको विकासमा, सामाजिक उत्थानमा आआफ्नो क्षेत्रबाट सक्रियतापूर्वक लागिपरेका विभिन्न महानुभावहरुलाई सम्मानित गर्दै औसाला प्रदान गर्दै आइरहेको छ भने विभिन्न विद्यालय, सामाजिक संस्थाहरुमा शैक्षिक सामग्री पनि वितरण गर्दैआएको छ ।

देश संकटमा परेका बेला आफूले ठूलो काम गरे भनेर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेहरुको भीडमा महेश अलग छन् । उनी आफ्नो कामलाई प्रचार हैन परिणाममा देखिनुपर्ने बताउँछन् । गरेको कुरा प्रचार गर्नु भनेको दुःखीहरुको अपमान गर्नु हो भन्ने उनको मान्यताा रहे पनि कतिपय अवस्थामा प्रमाणका लागि केही फोटो भने खिच्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.