राजनीति

बालुवाटारमा बबाल : सरकारलाई सचेत पार्नेबिरुद्ध लठी र पानीको फोहरा (तस्वीरसहित)

कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, औषधि तथा उपकरण खरीदमा भएको खर्च पारदर्शी हुनुपर्ने तथा कर खरोजी गर्नुपर्ने मागसहित अभियानकर्मी तथा सर्वसाधारणले बिहिबार पनि बालुवाटारमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनअघि राष्ट्रिय गान गाइएको थियो भने प्रदर्शनकारीहरु अधिकांशले राष्ट्रिय झण्डा बोकेका थिए । प्रहरीले राष्ट्रिय झण्डाको समेत सम्मान नगरी भीड तितरबितर पार्न पानीको फोहरा प्रहार गरेको थियो ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर तितरवितर पारेको छ भने केहीलाई पक्राउ गरेको छ ।

प्रदर्शनमा सयौं मानिसको उपस्थिति रहेको थियो । बुधबारको तुलनामा बिहिबार बिरोधमा उत्रनेहरुको संख्या निकै बढी छ । सरकारले लकडाउन खुकुलो पार्ने नीति लिएसंगै ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

प्रदर्शनकारहिरु बालुवाटार र नक्साल क्षेत्रबाट उत्रिएका थिए । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको थियो ।

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन हुँदैआएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.