जल/वातावरण

बिहिबार २ सय ५० जनामा संक्रमणको पुष्टि- संक्रमित संख्या ४ हजार ६ सय १४

वितेको २४ घण्टामा नेपालमा २ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको पिसिआर परीक्षणका क्रममा २ सय ३० जना पुरुष र २० जना महिलामा संक्रमणको पुष्टि भएको हो ।

योसँगै बिहिबारसम्म संक्रमितहरुको कुल संख्या ४ हजार ६ सय १४ पुगेको छ । त्यसै गरी विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार डिस्चार्ज हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा पुरूष ७ सय ७४ र महिला ८७ रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.