ओमानका नेपाली राजदूतको कमाल- सरकारले तोकेकोभन्दा २५ हजार रुपैयाँ सस्तोमा नेपाली पठाउने

ओमानस्थित नेपाली दूताबासले त्यहाँ रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि नेपाल सरकारले तोकेको भन्दा २५ हजार रूपैयाँ सस्तोमा नेपाल पठाउने भएको छ । ओमानका लागि शर्मिला पराजुली ढकाल नेपाली राजदूत हुनुहुन्छ ।
सरकारले विदेशमा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि भाडादर तोकेपछि ओमनस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सूचना जारी गर्दै भाडादर समेत तोकेर आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको हो ।
दूताबासले जारी गरेको सूचनामा नेपाल फर्कन चाहनेका लागि भाडा दर ११५ ओमनी रियल (करिब ३६ हजार रुपैयाँ) तोकेको छ । सरकारले ओमनको लागि ५ सय १० अमेरिकी डलर अर्थात् करिब ६१ हजार रूपैयाँ भाडा तोकेको छ।
दूतावासले विज्ञप्तिमार्फत विभिन्न माध्यमबाट नाम टिपाउनु भएकामध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ मा सलाम एअर मार्फत हुने गरी तय भएको र जसको शुल्क ११५ ओमनी रियल तोकिएको जानकारी गराइएको छ ।
सूचनामा ओमनबाट नेपाल आउन चाहनेका लागि दूतावासले सात दिनभित्रको अनिवार्य कोरोनाको पिसिआर विधिबाट गरिएको नेगेटिभ रिपोर्ट पेश गर्न र नेगेटिभ नतिजा आएकाहरू नेपाल आएपछि सिधै होम क्वारेन्टिनमा जान सकिने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्