स्वास्थ्य

शहरी क्षेत्रमा कम हुँदै जाँदा ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि

मुलुकका प्रमुख शहरहरुमा कोरोना संक्रमण घट्दै जाँदा ग्रामीण क्षेत्रमा भने वृद्धि भैरहेको पाइएको छ । डोटी जिल्लामा ग्रामीण क्षेत्रमा संक्रमण बढिरहेको छ । दोस्रो चरणको कोरोना सङ्क्रमणबाट यो जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ भने कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा ५० जनाले कोरोना जित्न सफल भएका छन् । सङ्क्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । जिल्लाका ग्रामीण भेगमा सङ्क्रमणका बिरामी बढी रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा सङ्क्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना सङ्क्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका शहर बजारमा भएका कोरोना सङ्क्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.