क्रिकेटखेल

नेपाली कप्तान रोहितसंग झगडा गर्ने बंगलादेशी खेलाडी कारबाहीमा

अमेरिका र वेस्ट इण्डिजमा जारी टी-२० विश्वकप अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलसंग झगडा गर्ने बंगलादेश खलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले कारबाही गरेको छ ।

गत आइतबार सम्पन्न समूह डीको अन्तिम खेलमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको हो ।

आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सकिबलाई कारबाही गरेको जनाउँदै उनको म्याच फिको १५ प्रतिशत रकम काटिने स्पष्ट पारेको छ ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए ।

तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।

आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.