राजनीति

विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

प्रतिनिधिसभाका सांसदहरुले बिहिबार विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा भ्रष्टाचारको अभियोगमा अख्तियारको सक्रियता र सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरिएको छ ।

बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिनुभएको थियो ।

सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न माग गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो ।

नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो ।

उहाँले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाईएको भनिएको सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.