जन सरोकार

निषेधाज्ञामा बेहुलाले बेहुली भित्र्याए मोटरसाइकलमा

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले गरेको निषेधाज्ञाले सामाजिक कार्यहरुमा पनि असर परेको छ । अहिले विवाहको लग्नका समय भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विवाह गर्ने गरिएको छ ।

यसै क्रममा सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.