जन सरोकार

नेपालको पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन

नेपालको पहिलो महिला क्याम्प प्रमुख अंगुरबाबा जोशीको निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित जोशीको ८९ वर्षको उमेरमा शनिबार बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

बेलायत सरकारको छात्रवृत्तिमा अक्सफोर्ड विश्वविद्यालयबाट दीक्षित पहिलो नेपाली जोशीले २०१९ सालमा पद्मकन्या क्याम्पसमा अध्यापन सुरु गरी अध्यापनको १८ मध्ये १२ वर्ष प्रमुख रहनुभएको थियो ।

काठमाडौं डिल्लीबजारमा बुबा पिताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट जन्मिनुभएकी जोशीको ११ वर्षकै उमेरमा बिहे भएका कारण विद्यालय गएर औपचारिक शिक्षा हासिल गर्न भने पाउनुभएन ।

तर विवाहपछि सासूको सहयोगले घरमै स्वअध्ययन गरी सन् १९४८ मा दोस्रो श्रेणीमा एसएलसी पास गर्नुभएको थियो । उहाँलाई पढ्न प्रेरित गर्ने सासू चन्द्रकुमारी जोशी १०७ वर्षको उमेरमा अझै जीवित हुनुहुन्छ ।

प्राइभेट रूपमा अध्ययन गरेर आईए पास गरेपछि जोशीले श्रीमान् बलराम जोशीसँगै बनारस पुगेर राजनीति शास्त्र र संस्कृत विषयमा बीए पास गर्नुभयो भने त्‍यसपछि बेलायत सरकारद्वारा प्रदान गरिने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.