जल/वातावरण

नौ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका

नेपालमा आइतबारसम्म पुष्टि भएका ९ हजार, २६ संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका रहेको र अहिलेसम्म समुदायमा संक्रमण नफैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा क्रममा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समुदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गर्नुभएको हो ।

उहाँले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएको जानकारी दिंदै तीमध्ये पनि धेरैजसो भारतबाट आएको बताउनुभयो ।

त्यस्तै कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी छन् । साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ ।

मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले दाबी गर्नुभयो । उहाँले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको किटानी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.