राजनीति

नेकपा स्थायी कमिटी बैठक शुरु : एमसीसी लगायतका विषयमा छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्यबाट सुरु भएको छ ।

अध्यक्षद्वयको मन्तब्यपछि दोस्रो एजेण्डाको रुपमा सरकारको कामका सम्बन्धमा एजेण्डा रहेको छ । सो एजेण्डामा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सिमा समस्या र समाधान सम्बन्धमा र अन्य गरी तीन बिषय समावेश गरिएको छ ।

तेस्रो एजेण्डाका रुपमा पार्टी एकताका बाँकी कामहरु राखिएको छ भने नेकपाभित्र निकै बिवादको बिषय बनाइएको एमसिसि का सम्बन्धमा चौथो एजेण्डा राखिएको छ । एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।

पाँचौं एजेण्डाका रुपमा बिबिध राखिएको छ । स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई दिन लगातार भएको छलफलमा सहमतिका साथ यी एजेण्डा तय गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.