राजनीति

पूर्व राजाको प्रश्न- देशभक्ति र स्वाभिमानमा बारम्बार किन प्रश्न ? (सन्देश सहित)

पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार एक सन्देश जारी गर्दै नेपालीको देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद, विग्रह उत्पन्न हुन्छ भन्दै प्रश्न उठाउनुभएको छ ।

उहाँले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्दै रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ ।

त्यसो त उहाँले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीमा गएकाहरुको स्वदेश फिर्तीसंगै अवसर सिर्जना भएको पनि बताउनुभएको छ ।

सन्देशमा उहाँले विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको समेत जानकारी गराउनुभएको छ

त्यस्तै कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्दै उहाँले कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

राजनीतिक नेतृत्वप्रति लक्षित गर्दै उहाँले भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको र यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहनु सोचनीय विषय भएको बताउनुभएको छ ।

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.