जन सरोकार

कोरोना संक्रमितको शवदाह गर्न स्थानीयको अबरोध : झडपपछि छ राउण्ड हवाई फयर

पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शवदाह गर्न स्थानीयले फेरि अबरोध गरेका छन् । शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ का स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।

घटनामा दुई प्रहरी घाइते भएका छन् भने आठ जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ ।

मृत्यू भएका व्यक्तिको शव वडा लेखनाथको गगनगौँडा क्षेत्र लामतरास्थित सेती नदी किनारमा गाड्नका लागि एक्स्काभेटर लगेर खाल्डो खन्दैगरेको स्थानीयले थाहा पाएपछि घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।

स्थानीयस्तरमा कोरोनाको त्रास बढेको भन्दै कुनै पनि हालतमा आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान स्थानीयको छ । अन्य क्षेत्रका सङ्क्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरूले आन्दोलन गर्नुपरेको बताएका छन् ।

यसअघि पनि कोरोनाबाट मृत्यु भएका स्याङजाका ५८ वर्षीय पुरुषको शवलाई पोखरा वडा नं। ११ मा व्यवस्थापन गर्न विरोध हुँदा प्रशासनले प्रहरी बल लगाउनुपरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.