जल/वातावरण

नेपाली चिकित्सकले पत्ता लगाए कोरोनाको नयाँ लक्षण- पहिले र अहिलेको धेरै फरक

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणपछि देखिएको सुरुको लक्षणमा व्यापक परिवर्तन आएको छ । सुरुमा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, उच्च ज्वरो जस्ता लक्षणमा परिवर्तन भएको पाइएको छ ।

कोरोना संक्रमितको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन् । कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ ।

पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउनेभन्दा पनि थप लक्षण पाइएका छन् । नयाँ लक्षणमा सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने, जीउ दुख्ने, एकदम थकाइ महसुस हुने पाइएको छ ।

पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षणसमेत उल्लेख गर्ने गरी फारम पठाइएको छ । त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ ।

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा. राजभण्डारीले बताउनुभएको छ ।

नयाँ लक्षण के(के देखा परे भन्ने सम्बन्धमा सबै अस्पतालले फारम भरेर पठाएपछि थाहा हुने डा. पाण्डेले बताउनुभयो । कोरोना संक्रमणकै कारण स्वादमा कमी आउने, श्रवण शक्तिमा ह्रास आउने हो वा अन्य कारण हुन् भन्नेबारे सबै अस्पतालले लक्षणसहितको फारम पठाएपछि खुल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.