जन सरोकारस्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार बढी

१ हजार ९ सय २० संक्रमित थपिंदा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको

नेपालमा कोरोनाा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ । आइतबार ३४ जनाको मृत्युको पुष्टि भएसंगै मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४ सय २४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २ सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जना रहेका छन् ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button