जन सरोकार

थपिए दुई हजार छ सय ३६ सङ्क्रमित, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७४८ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अबधिमा सात हजार २५९ पिसिआर र चार हजार ४८९ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज चार हजार ३४८ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने ९३ प्रतिशत पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

साथै सोही अबधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नौ हजार ७१ जनाको ज्यान गएको मन्त्रायले जनाएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३०२, चितवनमा १५५, झापामा १५०, सुनसरीमा १३८, ललितपुरमा १००, मोरङमा ९०, बागलुङमा ७०, कास्कीमा ६१, भक्तपुरमा ५६, रुपन्देहीमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बर्दियामा ४९, नवलपरासी पुर्वमा ४१, कैलालीमा ३८, नुवाकोटमा ३७, पाल्पामा २६, काभ्रेपलाञ्चोकमा २४, दाङमा १९, धनकुटा र मकवानपुरमा १६/१६ जना, दैलेख र हुम्ला र कञ्चनपुरमा १५/१५ जना, बारा, धादिङ र सुर्खेतमा १४/१४ जना, दोलखा, अर्घाखाँची र मुगु १२/१२ जना, धनुषा, नवलपरासीमा ११/११ जना तथा सिरहा, म्याग्दी, बाँकेमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ५३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.