जन सरोकार

विद्यालय खुल्ने टुंगो नभएपछि टोलटोलमा कक्षा सञ्चालनको तयारी

कोरोना भाइरस संक्रमणका कारण चैत्रदेखि बन्द रहेको विद्यालयहरु कहिले खुल्ने निश्चित नभएपछि पठनपाठनका लागि नयाँ शैली अपनाउन थालिएको छ । यसै क्रममा चितवनको इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक रहनुभएका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो ।

बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरुपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

शिक्षकहरुलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उहाँले बताउनुभयो । उहाँका अनु्सार तत्काल गाउँपालिका भित्रका शिक्षकबाट पठनपाठन शुरु गरिनेछ ।

बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागि गराइनेछ । गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन् । सार्वजनिक र निजी दुवैमा टोल शिक्षा लागू हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.