जल/वातावरण

उपत्यकामा भेटिए अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित- देशभर कुल १३ हजार ५ सय ६४

मुलुकको केन्द्रीय राजधानी रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । गएको २४ घण्टामा मात्र काठमाडौंमा १२ तथा भक्तपुर र ललितपुरमा एकएकजना संक्रमित भेटिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १६ जना कोरोना सङ्क्रमित थपिएको र यससंगै संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको छ । नेपालमा अहिलेसम्म संक्रमितमा एक हजार ६ सय ५७ महिला र ११ हजार ९ सय ७ पुरुष रहेका छन् ।

देशभर मंगलबार थप ६० डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीन हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ महिला र पुरूष ५१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २७७ महिला र २९१७ पुरूष निको भएका छन् ।

यस्तै, क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा दशहजार ३४१ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरस रोकथामको लागि भएका प्रयास विश्वको लागि उदाहरणीय भएको मन्त्रालयले दावी गरेको छ । पत्रकार सम्मेलनमा प्राडा गौतमले नेपालमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त कम भएको बताउनुभयो । अमेरिका, बेलायत, जापान, चीनलगायतको देशको तुलनामा अत्यन्त कम रहेको जानकारी दिनुभयो ।

यस्तै, उहाँका अनुसार दक्षिण एसियाली मुलकहरुमा प्रति दशलाखमा भएको मृत्युदर बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानको तुलनामा कम रहेको छ ।

पीसीआर परीक्षणमा नेपालमा दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारतलगायतका देशहरु भन्दा धेरै अगाडि रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा नेपालमा चारहजार ७११ वटा पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.