जन सरोकार

आइतबार थपिए एक हजार छसय तीन सङ्क्रमित- काठमाडौँ उपत्यकामा मात्र चारसय ६१ जना

आइतबार नेपालमा थप एक हजार ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ ।

सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा पछिल्लो समय ४६१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३४२, ललितपुरमा ८८ तथा भक्तपुरमा ३१ जना रहेका छन् ।

चार हजार ८ सय ७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५ सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यसै गरी हालसम्म छ लाख नौ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

थप २७ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button