जन सरोकार

ससुराद्वारा बुहारीमाथिको कुटपिट अछाममा नभएर भारतमा भएको

अछाममा ससुराले बुहारीलाई कुटपिट गरेको दृश्यसहितको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले तत्काल छानबिन गरी यथार्थ सार्वजनिक गरेको छ ।

पुलिस

प्रहरीका अनुसार महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जिप्रका अछाम मार्फत छानबिन अगाडि बढाइएकोमा सो घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र उक्त घट्ना अछाममा नभई भारतको महाराष्ट्रमा घटेको हो ।

समाचारहरुमा अछामको मंगलसेनमा घटेको भनिएको सो घटनामा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरी गरेको भिडियो उनकै श्रीमानले बनाएको विवरण सार्वजनिक भएको थियो । त्यस्तै उनलाई मरणासन्न हुने गरी कुटपिट गर्दा अर्की महिलाले हेरेर बसेको पनि भिडियोमा देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.