जल/वातावरण

लोमस फर्मास्युटिकल्सका दुई औषधि विक्रीमा प्रतिबन्ध

लोमस फर्मास्युटिकल्सले उत्पादन गरेको दुई प्रकारका औषधि न्यून गुणस्तरको रहेको जनाउँदै बिक्री वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी)लाई प्रतिबन्ध लगाएको हो ।

बजार अनुगमनका क्रममा न्यून गुणस्तरका भेटिएपछि बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.