राजनीति

सरिता गिरीको सांसद पद गुम्यो, संसद सचिवालयबाट सूचना टाँस गरेर जानकारी

पार्टीको साधारण समेत नरहने गरी निस्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ । संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गर्नुभएको हो ।

त्यसै गरी बिहिबार संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । यसअघि समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो ।

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.