जन सरोकार

आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक

आत्मदाह प्रयास गरेका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न चिकित्सकले नेपालीको स्वास्थ्य अवस्था अझै स्थिर हुन नसकेको बताएका हुन् ।

वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार जारी रहेको अस्पतालले जनाएको छ । नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अझै स्थिर हुन नसकेको वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालले बताउनुभयो ।

आगोले नेपलीकू अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको दाहालले जानकारी दिनुभयो । बिहीबार दिउँसो ३ः०० बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका नेपालीको शरीर करिब ६० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

नेपाली अहिले वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन् । चिकित्सकहरूले उनको अवस्थालाई ‘क्रिटिकल’ भन्दै कुनै पनि बेला थप जटिलता आउन सक्ने बताएका छन् ।

यसअघि नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा पनि छलफल भएपनि सरकारले चिकित्सकहरूको सुझावअनुसार थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो ।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचार गर्न भारत लैजान सुझाव दिएका छन् । नेपालीको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उपचारमा संलग्न रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.