सात वर्षीय आश्रेन अधिकारीले बनाए कार्पेट सफा गर्ने 'ब्रस रोबोर्ट' (भिडियोसहित)
अमेरिकाको बोस्टनमा कक्षा १ मा अध्ययन गरिरहेका आश्रेन अधिकारीमा अचम्मको वैज्ञानिक प्रतिभा र क्षमता छ । उनले थुप्रै नयाँ नयाँ कुराहरु बनाइरहने क्रममा पछिल्लो पटक ब्रस रोबोर्ट बनाएका छन् ।
काठमाडौंको बौद्ध आरुबारीमा अमृत अधिकारी र समिता चालिसेको कोखबाट ७ वर्षअघि जन्मिएका आश्रेन बाबुआमासंगै यतिबेला अमेरिकामा बसोबास गर्छन् र त्यहाँको विन ब्रोक इलिमेन्ट्री स्कूलमा कक्षा १ मा अध्ययन गरिरहेका छन् ।
उनको प्रतिभा देखेर विद्यालयका शिक्षक शिक्षिका पनि अचम्भित भएको र आफूलाई पनि विज्ञान प्रविधिको क्षेत्रमा छोराले कही गर्छ भन्ने लागेर प्रोत्साहित गरिरहको आमा समिताले बताएकी छिन् ।
सात वर्षकै उमेरमा नयाँ नयाँ खोज गर्ने र त्यसलाई आफू अनुकूल बनाएर प्रदर्शन गर्ने यी बालकलाई हामी सबैको प्रेरणा आवश्यक छ ।
हेर्नुहोस् ब्रस रोबोर्ट बनाएदेखि संचालन हुँदासम्मको यो भिडियो
प्रतिक्रिया राख्नुहोस्