जन सरोकार

कर्णाली करिडोरअन्तर्गतको खच्चा सडकखण्ड अवरुद्ध

अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा नजिकै डौँठाखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गतको उक्त सडकखण्ड शनिबार अपराह्नमा परेको अविरल वर्षाले पहिरो खसेपछि अवरुद्ध भएको हो ।

माथिबाट आएको लेदोसहितको बाढीका कारण सडक अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । उक्त सडकखण्ड अवरुद्ध हुँदा दुवैतर्फको सवारीसाधन रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

वर्षाले सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रिने तथा बाहिरिने मालवाहक ट्रक, बोलेरो जिपलगायत अन्य सवारीसाधन रोकिएको र केही सवारीसाधन सोही ठाउँबाटै फिर्ता भएका छन् । सडक पूरै पहिरोका कारण केही भाग पुरिएकाले आवतजावत ठप्प छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.