राजनीति
गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा
बालुवाटारस्थित सरकारी जग्गा ललिता निवास जग्गा प्रकरणमा मुछिनुभएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।

नयाँ सरकार बनेसंगै अदालतमा हाजिर हनुभएका गच्छदारसंग विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको हो ।
गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।
२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्