अर्थ

विप्रेषण आप्रवाहमा कीर्तिमान

नेपालको अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगारीबाट भित्रिने रकममा कीर्तिमानी वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।

केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षमा भने यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.