जन सरोकार

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारद्वारा विभिन्न स्रष्टा पुरस्कृत

सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्वारा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो ।

पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री भट्टराईले समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताउनुभयो ।

उहाँले मुलुकको सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गर्नुभयो । कला, संस्कृतिको संरक्षण प्रवद्र्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.