राजनीति

एसियाली संवादमा सहभागी हुन संयोजक दाहाल श्रीलङ्का प्रस्थान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२ देखि आगामी साउन २ गतेसम्म हुने एसियाली संवादमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

दाहालका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल सहभागी हुनुहुन्छ ।

श्रीलङ्कामा रहँदा संयोजक दाहालले त्यहँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलङ्काका महासचिलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.