जन सरोकार
आत्मदाह प्रयास गरेका राउतको निधन
काठमाडौँको द्धनगरका ४५ वर्षीय अश्विन राउतको जलेर मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो ।
अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना हुनुभएका उहाँको उपचारका क्रममा मृत्यु भएको हो ।
“हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,” डा लामिछानेले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्