जन सरोकार
६५ हजार घुससहित पक्राउ परे इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत
इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल ६५ हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए ।
होटल अगाडी मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्