जल/वातावरण

सप्तरीका ७३ वर्षीया वृद्धको कोरोनाबाट मत्यु, कुल मृतकको संख्या ४०

नेपालमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लोपटक सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतकलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको हो ।

यसै गरी शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमणकाृ पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् । ४० जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् ।

यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८र८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३र३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २(२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये ११ हजार ५३४ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ । त्यस्त पछिल्लो २४ घण्टामा मात्र २ सय ८५ जना डिस्चार्ज भएका छन् ।

यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २-२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.