साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको उपाधि जितेको स्पेनले व्यक्तिगत स्पर्धामा पनि आफ्नो वर्चस्व जमाएको छ ।
स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गरेका हुन् । त्यस्तै स्पेनका पाउ कुवार्सीले फिफा योङ प्लेयरको अवार्ड जिते ।
यता गोल्डेन ग्लोब्स स्पेनका गोलकिपर उनाई सिमोले हात पारे । उनले यस विश्वकपमा एक गोल मात्र खाँदै नयाँ कीर्तिमान बनाए । साथै उनले विश्वकपमा लगातार ६०० मिनेट भन्दा बढी समय कुनै गोल नखाने कीर्तिमान पनि बनाए ।

त्यस्तै गोल्डेन बुट सर्वाधिक गोलकर्ता बनेका फ्रान्सका केलियन एम्बाप्पेको नाममा रह्यो । उनले यस विश्वकपमा सर्वाधिक १० गोल गरेका थिए । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने ।




प्रतिक्रिया राख्नुहोस्