नेपाल र जापानबीच रहेको बहुआयामिक सम्बन्धमा सांस्कृतिक र पारिवारिक मिलनले अर्को अध्याय थपेको छ । जापानमा रहेका नेपाली र जापानी नागरिकबीचको वैवाहिक सम्बन्ध यसको बलियो आधार हो ।
यस्तै आधार देखिएको थियो सन् २०१४ मा आयोजित नेपाल फेस्टिभल । फेस्टिवलको उल्लासमय माहोलकाबीच नेपाली युवा र जापानी युवतीबीच नेपाली परम्पराअनुसार पञ्चेबाजा बजाएर विवाह सम्पन्न भएको थियो ।
अन्तरदेशीय विवाह आफैँमा दुई व्यक्तिको व्यक्तिगत जीवनसँग जोडिएको विषय भए पनि त्यसले फरक भाषा, संस्कृति र सामाजिक परिवेशका दुई मुलुकका मानिसबीच आपसी समझदारी र सांस्कृतिक समायोजनको सम्भावना देखाउँछ ।
नेपालजापान डटकमको पुराना दस्तावेज खोतल्ने क्रममा यिनै दृश्यहरु यहाँहरु समक्ष प्रस्तुत छ, हेर्नुहोस् भिडियो-





प्रतिक्रिया राख्नुहोस्