राजनीति

लकडाउन हट्यो- शैक्षिक संस्था, सभा-गोष्ठी, प्रदर्शन, भेलाको प्रतिबन्ध कायमै

सरकारले लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन साउन ६ गते मध्यरातदेखि हटाइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो ।

लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ ।

स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ । यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, पदयात्रा, पर्वतरोहणलगायत क्षेत्रसमेत साउन १५ गतेदेखि नै सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

लकडाउन हटाइए पनि सरकारले अन्तर्राष्ट्रिय सीमा साउन ३२ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको छ । सरकारले यसअघि अन्तर्राष्ट्रिय सीमा साउन ६ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको थियो ।

स्वदेश आउनैपर्ने नागरिकलाई तोकिएको सीमाबाट आउन दिने कुरालाई यथावत् राखिएको तर सीमामा लुकिछिपी प्रवेश गर्ने र गराउनेलाई प्रचलित कानून अनुसार कारबाही गरिनेमन्त्री खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.