जन सरोकार

बाढी, पहिरो र डुबान क्षेत्रमा सेनाको खोज, उद्धार र राहत वितरण जारी

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जनशक्ति र स्रोतसाधन परिचालिन गरी खोज उद्धार तथा राहत वितरणको कामलाई जारी राखेको छ ।

परिचालित फौजले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको कार्य गरिरहेको छ ।

सोही क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देहीका विभिन्न स्थानमा बाढी तथा पहिराका कारण विपत्मा परेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त निर्देशनालयले जनाएको छ ।

सेनाले झापा, चितवन र भक्तपुरमा स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिराबाट हुनसक्ने जोखिमको न्यूनीकरण गरेको जानकारी दिएको छ । रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौँका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालन गरेको तथा दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिराका घाइतेलाई सेनाले उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगेको थियो ।

प्राकृतिक प्रकोपका घटनामा परेका व्यक्तिको खोजी, उद्धार र राहतका लागि सेनाले काठमाडौँ, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखेको जानकारी गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.