जल/वातावरण

वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया महिलाको निधन

कोरोना संक्रमित ८५ वर्षीया महिलाको उपचारका क्रममा निधन भएको छ । समाचार अनुसार गत मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भई वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालको आईसोलेसनमा उपचाररत ती महिलाको मृत्यु भएको हो ।

अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्य भएको हो ।

सोमबार स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना भई उपचारत ती वृद्धाको मंगलबार स्बाव संकलन गरिएको र बुधबार अबेर राती कोरोना संक्रमण पुष्टि भएपछि विहीबार गण्डक अस्थायी कोभिड अस्पतालको आईसोलेसनमा राखी उपचार सुरु गरिएको थियो ।

डा. सिंहका अनुसार उनी मुटुका रोगी मृतकलाई केही दिनअघि निमोनिया भएर वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती अबेरमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्थायी अस्पतालम अस्पतालमा ल्याइएको थियो ।

वीरगञ्जमै गत मङगलबार पनि कोरोना संक्रमित ७० वर्षीया एक वद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो भने उक्त अस्पतालमा अहिले पनि ४ जना संक्रमितहरुलाई आईसियूमा राखेर उपचार भईरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.