अर्थ

पाँच सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच सयले घटेको हो ।

यता चाँदी मूल्य भने रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ७०० कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ३४० मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार ३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.