राजनीति

पार्टी विग्रह रोक्न वामदेवको प्रस्ताव : प्रधानमन्त्रीको राजीनामा माग्नेहरु झसंग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी लगभग फुटको संघारमा पुगेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतमले दुबै अध्यक्षलाई सम्बोधन गरी पार्टी विभाजन रोक्ने प्रस्ताव अघि सार्नुभएको छ । नेता गौतमको प्रस्तावले प्रधानमन्त्री पदबाट केपी ओलीलाई राजीनामा गराइछाड्ने पक्ष झस्किएको छ ।



केही समयअघिसम्म ओलीको राजीनामाको पक्षधर रहनुभएका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दुबैलाई मान्य हुने गरी सार्नुभएको प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र पूरै कार्यकाल प्रधानमन्त्रीको जिम्मवारीमा रहने उल्लेख छ ।

गौतमले एकता महाधिवेशनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पूर्ण कारीकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गनुृभएको छ ।

गौतमले पार्टी र सरकारबीच बढ्दै गएको दूरी घटाउने सूत्र समेत बताउनुभएको छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा सरकारले निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने तर प्रधानमन्त्रीको दैनन्दिनीका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव गर्नुभएको छ ।

उपाध्यक्ष गौतमले स्थायी समिति बैठकअघि सो प्रस्ताव राखेपछि बैठक स्थगित गरिएको र शीर्ष नेताहरुबीच यसै प्रस्तावमा टेकेर सहमति कायम गर्ने तयारी भैरहेको नेकपा सूत्रले बताएको छ ।

हेनुृहोस् गौतमको प्रस्ताव

सम्बन्धित खबर

Back to top button