जल/वातावरण

मंगलबार थपिए २ सय ५९ जना संक्रमित : काठमाडौं उपत्यकामा मात्र ६२ जना

नेपालमा कोरोना संक्रमितको संख्या मंगलबार दिउँसोसम्म २१ हजार ९ सय पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा ६२ जनासहित देशभर २ सय ५९ जना संक्रमित थपिएसंगै कुल संख्या २२ हजारको नजिक पुगेको छ भने ५८ जनाको मृत्यु र १५ हजार २० जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५ जना रहेका छन् ।

यसै गरी भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.